काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम यो कारबाही गरेको हो।
कालोसूचीमा पर्नेहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा. लि., श्रीओम अटो ल्युब प्रा. लि., आर्कटिक कन्स्ट्रक्सन प्रा. लि., ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रा. लि, अग्रिम-लङभिजन-धनलक्ष्मी जे.भी. लगायत रहेका छन् ।
