काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले दरबार हत्याकाण्डबारे सनसनीपूर्ण खुलासा गरेका छन् । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रम मार्फत खरेलले पूर्व राजा वीरेन्द्र शाहको हत्या काण्डको मुख्य नाइके दीपेन्द्रले नै रहेको बताएका हुन् । बाहिर विभिन्न गलत सन्देश आइरहेमनि पूर्व राजा वीरेन्द्रको वंशनाथ गर्ने दीपेन्द्र नै मुख्य नाइके भएको बताए ।
‘बाहिर जसरी गलत सन्देशहरू छरपस्ट छन् त्यो केही पनि होइन,’ खरेलले भने, ‘दीपेन्द्र नै हो मुख्य नाइके हुन्, म अनुसन्धान अधिकृत पनि हुँ , मैले धेरै अनुसन्धान गरेको छु । ’
उक्त घटनामा आफैँ अनुसन्धान गरेको बताउँदै खरेलले यसमा शङ्का गर्नुपर्ने कुनै आधार नभएको खुलासा गर्दै अनुसन्धानमा कुनै पनि चलखेल नभएको दाबी गरे । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार नीराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो। दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरूले त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।