काठमाडौं । मकवानपुरको विभिन्न क्षेत्रमा लगाइएका करिब १४ बिगाहा क्षेत्रफलको गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरिएको छ ।मकवानपुर प्रहरीका अनुसार १२ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम र २ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरिएको हो ।
मकवानपुरको उत्तरी भेगस्थित कैलाश गाउँपालिका(१, २, ५ , ६, ७ र ८ मा अवैध रूपमा गरिएको लागुऔषध गाँजा तथा अफिम खेती १६ माघदेखि यता फडानी गरेर नष्ट गरिएको प्रहरीको भनाइ छ ।