काठमाडौँ । भक्तपुरको बाल सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ जनालाई नुवाकोट कारागारमा स्थानान्तरण गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रीय कारागार कार्यालय नुवाकोटमा खाली रहेको ब्लकमा राख्नका लागि भक्तपुरबाट ७५ जनालाई आइतबार स्थानान्तरण गरेको हो।
यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषदको बैठकले १८ वर्षभन्दा माथिका बिज्याइँकर्तालाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो। माघ ९ गते जिल्ला सुरक्षा समिति भक्तपुरको बैठकले पनि उनीहरूलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो। त्यसअनुसार माघ १५ गते ७६ जनालाई स्थानान्तरण गर्न अनुमति दिइएको थियो। एक जना बिरामी भएकाले ७५ जनालाई नुवाकोट पठाइएको हो।बाल सुधार गृहबाट थप ६७ जनालाई पनि स्थानान्तरण गर्ने तयारी छ।