काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा अछाममा अचेत भएका दिनेश सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोश भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आइतबार चिकित्सकले १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
