काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालन हुन्छ । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनमा ३१ हजार सशस्त्र प्रहरी परिचालित हुने भएका छन् ।
निर्वाचन त्रुटिरहित, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले प्रत्येक निर्वाचन क्षेत्रमा बेस स्थापना गर्ने भएको छ । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्रले १६५ क्षेत्रमा निर्वाचित क्षेत्र सुरक्षा बेस स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । एकीकृत सुरक्षा योजनामा भनिएको छ।
सुरक्षा योजना अनुसार हिमालमा १७ स्थानमा, पहाडमा ७० स्थानमा र तराईमा ७८ स्थानमा बेस स्थापना हुँदै छ । माघ २१ मा बेस स्थापना गरिने सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए । तराईका जिल्लामा सशस्त्रको स्ट्राइकिङ फौज परिचालन हुनेछन् । तराईका जिल्लामा एउटा निर्वाचन क्षेत्रमा ४ वटा स्ट्राइकिङ फौज परिचालन गरिने एकीकृत सुरक्षा योजनामा उल्लेख गरिएको छ ।
सुरक्षा योजना अनुसार पहाडमा प्रत्येक निर्वाचन क्षेत्रमा ३ वटा र हिमालमा एउटा स्ट्राइकिङ फौज परिचालन गरिने छ । स्ट्राइकिङ तथा मोबाइल टोली निर्वाचनको १५ दिन अगाडिदेखि सवारी साधन सहित परिचालित हुनेछन् ।