काठमाडौँ । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखिएको भन्दै झुटो हल्ला फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह रहेका छन्। सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो।
प्रहरीका अनुसार सिंहले जंगी अड्डा अगाडिको पेट्रोल पम्प नजिक झोलामा बम राखिएको भन्दै हल्ला फैलाएका थिए। शंकास्पद झोला खोलेर जाँच गर्दा त्यसमा इँटा मात्र फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।