काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल ‘एन्ड्रयू’ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा दीपकराज भुसाललाई पराजित गर्दै पौडेलले अध्यक्षमा स्थान पक्का बनाएका हुन् ।
यस्तै उपाध्यक्षमा बासुदेव दाहाल, बिकल्पराज पोखरेल र गिता सिवाकोटी विजयी भएका छन् । महासचिवमा भवनाथ हुमागाई, सचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी, सह कोषाध्यक्षमा गोबिन्द खनाल निर्वाचित भएका छन् ।
सदस्यमा कमल प्रसाद तिमिल्सिना,शिव प्रसाद अर्याल,सन्जिव पाण्डे,दिनेश पौडेल, अशोक कुमार हाथी, उद्धब वन,अनन्तराज घिमिरे, विवेक बस्नेत र दामोदर शर्मा निर्वाचित भएका हुन् ।
