काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को २०औँ वार्षिक साधारण सभा आज सोमबार हुने भएको छ । बिहान ८ बजे बाट सुरु हुने साधारण सभा एलिस रिसेप्सन काठमाडौँमा आयोजना हुनेछ ।
साधारण सभामा महासचिवद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि छलफल तथा पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखा परीक्षक नियुक्ति, केन्द्रीय कार्यसमितिको चयन तथा विविध विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
नयाँ नेतृत्व चयन हुने
इक्यानको २०औँ साधारण सभाले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । जसका लागि दुई प्यानल चुनावी मैदानमा छन् । इक्यानको आगामी नेतृत्वका लागि दीपकराज भुसाल र लक्ष्मण पौडेल ‘एन्ड्र्यू’बीच प्रतिस्पर्धा हुने भएको छ ।
दीपकराज भुसालको टीम

लक्ष्मण पौडेल ‘एन्ड्र्यू’को टीम
