काठमाडौं । शैक्षिक परामर्श संस्थाहरूको छाता सङ्गठन नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आगामी नेतृत्वका लागि दिपकराज भुसालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
हाल महासचिव पदमा कार्यरत भुसालले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् । संघको आगामी पुस २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ ।
भुसाल बागबजारस्थित इन्लाइटन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् ।