काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा हुस्सु लागेको छ ।
आइतबार दिउँसो देशभर आंशिक बदली रहने छ भने राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ । देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।
यता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। महाशाखाका अनुसार आइतबार बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको हो । शनिबार यहि समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो।