काठमाडौँ । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा मंगलबार राति ब्वाँसोको दुर्लभ आक्रमणबाट सात जना घाइते भएका छन्। प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीका अनुसार भोक लागेको ब्वाँसो नाजियान जिल्लाको सुरुबी सस्मा क्षेत्रमा प्रवेश गरी गाउँलेहरूलाई आक्रमण गरेको थियो घाइतेलाई तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको जनाइएको छ। कठोर जाडोसँगै शिकारी जनावरहरू दुर्गम पहाडबाट बस्ती क्षेत्रमा आउने क्रम बढ्दै गएपछि मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको अधिकारीले बताए। यसअघि, उत्तरी बदख्सान प्रान्तमा चितुवाले एकैपटक ४५ वटा भेडा मारिदिएको घटना सार्वजनिक भएको थियो।