काठमाडौँ । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले छिमेकी करिब ५०–५२ वर्षका पदम अधिकारी लाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरेका छन्, तर प्रहरीले औपचारिक पुष्टि अझै गरेको छैन। अंशु असोज २१ गते घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्।
करिब दुई हप्तापछि, कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र शव टाउको र शरीर छुट्टिएको, कुहिएको र दुर्गन्धित अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार पुरानो रिस–इबीका कारण बालिकाको हत्या नियोजित रूपमा भएको हुनसक्ने आशंका गरिएको छ। घटनास्थल वरपरका बासिन्दा, परिवार, शिक्षक र सहपाठीसँग सोधपुछ गरी अनुसन्धानमा संलग्न टोलीले मुख्य अभियुक्तसम्म पुग्न सफल भएको जनाएको छ।