दार्चुला । दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको घुसालाई केन्द्रबिन्दु बनाएर आएको यो भूकम्पको तीव्रता ४ दशमलव ६ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पका कारण दार्चुला र वरपरका जिल्लामा धक्का महसुस गरिएको भए पनि अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।