काठमाडौँ । प्रशंसित फिल्म द मास्टरमाइण्ड, जसमा जोश ओ कनर मुख्य भूमिकामा छन्, गलत तरिकाले भएको एक कला चोरीको कथा प्रस्तुत गर्छ। यो कथा १९७० को दशकमा तीव्र रूपमा बढेका कला चोरीका घटनाबाट प्रेरित हो। ऐतिहासिक वोर्सेस्टर कला चोरी मे १९७२ मा, म्यासाचुसेट्सको वोर्सेस्टर आर्ट म्युजियममा दुई जनाले पाउलो गोँग्यान, पाब्लो पिकासो र रेम्ब्रान्टका (हाल उनका विद्यार्थीको कृति मानिने) चार चित्रकला लुटेर भागेका थिए । यस क्रममा उनीहरूले भ्रमणमा आएका विद्यार्थीलाई बन्दुक देखाएर धम्क्याए र एक सुरक्षा गार्डलाई गोली हानी मारेका थिए ।
नयाँ फिल्म “द मास्टरमाइन्ड” ले कला विद्यालय छोडेर पछि चोर बनेका जेबी (जसको भूमिका जोश ओ’कोनरले गरेका छन्) सोही केन्द्रमा राखेर कथा अघि बढाएको छ।
यी चित्रकलाहरूको मूल्य करिब २ मिलियन डलर आँकिएको थियो, जसलाई न्यूयोर्क टाइम्स ले “आधुनिक इतिहासका सबैभन्दा ठूला कला चोरीमध्ये एक” भनेर उल्लेख गर्यो। केहीले यो घटनाले नै १९९० मा बोस्टनको इसाबेला स्टुअर्ट गार्डनर म्युजियममा भएको कुख्यात ५०० मिलियन डलरको कला चोरीलाई प्रेरित गरेको दाबी गर्छन्। यो लुटपाटको योजनाकार थिए–कुख्यात अपराधी फ्लोरियन अलू मन्डे तर चोरीमा सहभागी दुई जनाले स्थानीय बारमा डींग हाँकेपछि घटना रहस्यमय रहन सकेन। एक महिनाभित्रै चित्रहरू रोड आइल्याण्डको एउटा सुंगुर फार्मबाट बरामद गरिएको थियो । फिल्मकी लेखिका तथा निर्देशक केली राइचार्ड भन्छिन्–यो कथा उनले एउटा लेखमार्फत थाहा पाएपछि आफूलाई निकै मोहक लाग्यो।
१९१० मा लूभर संग्रहालयका एक पूर्व–कर्मचारीले गरेको मोनालिसा चोरी— एउटा मात्र चित्रकला चोरी गरिएका घटनामध्ये आजसम्मकै सबैभन्दा प्रसिद्ध मानिन्छ।
यो फिल्मले चम्किलो र रोमान्टिक देखाइने परम्परागत ‘हाइस्ट फिल्म’ शैलीलाई तोडेर, कला चोरीको वास्तविक अव्यवस्था र त्रुटिहरूलाई उजागर गर्दछ। फिल्ममा जोश ओ’कनरले निभाएको पात्र जेबी मुनी–कलाशिक्षा छोडेको, बेरोजगारजस्तै जीवन बिताइरहेको, मध्यम वर्गीय युवक–चोरीको केन्द्रमा हुन्छ। तर चोरीका चित्रहरू बजारमा बेच्नै नसकिने बुझिएपछि योजना सुरुमै बिग्रन थाल्छ। इतिहासकार टम फ्लिनका अनुसार, १९७० दशकमा कला चोरी बढ्नुको मुख्य कारण थियो–कला बजारको तीव्र विस्तार र महगो मुल्यमा बिक्रीगर्नु कला ‘लगानी र ‘पैसा जत्तिकै मूल्यवान् मानिन थाल्यो।
संग्रहालयहरूको सुरक्षा कमजोर थियो–बजेट अभाव, महँगी, र अपर्याप्त सुरक्षा तालिमका कारण। धेरै संग्रहालयका सुरक्षा गार्डहरू हतियारविहीन, वृद्ध वा अभ्यस्त नभएका कर्मचारी हुन्थे। सन् १९७० को दशकमा क्यानडाको मोन्ट्रियल म्युजियम अफ फाइन आर्ट्सबाट २ मिलियन डलर बराबरका कलाकृति लुटिए। फ्रान्समा पिकासोका ११९ कृति चोरी भएका थिए । आयरल्याण्डमा (IRA) समूहले १९ चित्र चोरेर राजनीतिक कैदी मुक्त गर्ने माग गरे। कला चोरीबारेका मिथक र वास्तविकता यस्तो थियो कला चोरीलाई प्रायः शालीन अपराध वा कसैलाई नोक्सान नपुग्ने अपराध भनेर चित्रण गरिएको थियो ।
धनी परिवारकी उत्तराधिकारीबाट क्रान्तिकारी बनेकी रोज डगडेलले आयरल्यान्डको रस्बरो हाउसमा गरेको लुटपाट १९७० को दशकका चर्चित कला चोरी घटनामध्ये एक थियो।
तर विशेषज्ञ सुजन रोनाल्डका अनुसारः कला चोरीलाई सानो अपराध जस्तो देखाइन्छ, तर यो गम्भीर सांस्कृतिक क्षति हो। अपराधीले पनि प्रायः चोरेको कला बेच्नै नसक्ने समस्यामा पर्छन् । सिनेमा र पप–संस्कृति (जस्तै (Topkapi, How to Steal a Million, Gambit ) ले कला चोरलाई ‘आकर्षक’ ‘रोमान्टिक विरोधी–नायक’को रूपमा चित्रण गर्यो। त्यसैले जनमानसमा गलत बुझाइ बस्दै गयो। फ्लिनका अनुसार आजकल सार्वजनिक सङ्ग्रहालय र ग्यालरीहरूमा चोरीका घटना धेरै नै घटेका छन्, किनकि अपराधीहरूले अहिले यी वस्तुहरू मूल्यमा साटिन नसकिने वस्तु भएको कुरा बुझिसकेका छन्।
सन् १९९० मा भएको चोरीलाई सम्झाउने गरी बोस्टनको इसाबेला स्टुअर्ट गार्डनर संग्रहालयमा झुण्ड्याइएको खाली फ्रेम। यद्यपि पछिल्ला वर्षहरूमा संग्रहालयमा हुने चोरीका घटना घटिरहेका छन्।
अमेरिकन सरकारद्वारा हालै गरिएका बजेट कटौतीले फेरि पनि संग्रहालय सुरक्षा कमजोर हुनसक्ने संकेत गर्छन्। सम्पदा–विशेषज्ञ वरनन र्यापली भन्छन्, पीडित केवल सुरक्षा मात्र हुँदैन—भवनको संरचनामै असर पर्छ। यदि तपाईंले छाना, झ्याल–ढोका जस्ता आधारभूत संरचनामा लगानी गर्न छोड्नुभयो भने अन्ततः चित्रकलाका लागि वास्तविक खतरा अपराधी होइन, हावापानी र जलवायु परिवर्तन नै बन्न सक्छ।