काठमाडौँ । दाङ प्रहरीले भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयमा तोडफोड र आगजनीमा संलग्न थप चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहका अनुसार, पक्राउ परेकामा घोराही–१८ का २४ वर्षीय संजित घर्ती मगर, पाल्पा माथागढी–४ का १८ वर्षीय विशाल नेपाली, घोराही–१५ का २८ वर्षीय विकास भुषाल, र घोराही–१० नारायणपुरका १९ वर्षीय अनिल विक रहेका छन्। उनीहरूलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव गरेको आरोपमा अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।
यसअघि भदौ २४ को जेनजी आन्दोलनमा संलग्न २० जनालाई पनि प्रहरीले पक्राउ गरिसकेको थियो। हालसम्म उक्त घटनामा २४ जनालाई नियन्त्रणमा लिइसकिएको छ। पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।