काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले ३० वर्षे सेवा अवधि पूरा गरी आजबाट अवकाश पाएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले खापुङलाई गृह मन्त्रालयमा बिदाइ गरेका थिए । मन्त्री अर्यालले खापुङको दीर्घ सेवाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे ।
बिदाइ कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयका सहससचिव, उपसचिव, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुशन्धानका वरिष्ठ अधिकृत लगायत मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो । यसअघि उनले आजै प्रधानमन्त्री सुशीला कार्कीसँग पनि बिदाइ भेट गरेका थिए ।

खापुङ आजै राति १२ बजेबाट खापुङ अनिवार्य अवकाशमा जाँदैछन् । नेपाल प्रहरी ऐनअनुसार ३० वर्ष सेवा पूरा गरेका प्रहरी अधिकारी अवकाश हुने प्रावधान छ । यही प्रावधानअनुसार थापाले आजदेखि औपचारिक रूपमा अवकाश पाएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरिसकेको छ । कार्कीले प्रहरी नियमावलीमा उल्लेख भएअनुसार अबको २९ महिना नेतृत्व सम्हाल्नेछन् । उनी अब २०८४ चैत १८ सम्म आईजीपी रहनेछन्।