काठमाडौं, १३ फागुन – प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपेली संघकी भेरोनिका कोडीबीच भेटवार्ता भएको छ।
सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा प्रधानसेनापति थापा र राजदूत कोडीबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ।
सोही क्रममा कोडीले प्राकृतिक प्रकोप उद्धार कार्यमा नेपाली सेनाले गरेको कार्यको प्रशंसा गरिन्।
नेपाली सेनासँग भइरहेको सहकार्यलाई अझ तीव्रता दिँदै यस कार्यमा नेपाली सेनाको क्षमतालाई अभिबृद्धि गर्न सहयोग गर्ने उनले बताइन्।