काठमाडौँ । लोक सेवा आयोगले प्रहरी जवान (जनपद)को लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना जारी प्रहरी जवान (जनपद)को परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
आयोगको केन्द्रीय कार्यालयको वि.नं.०३र०८१/८२ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी जवान (जनपद)को लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । साथै उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क गर्ने अनुरोध गरेको छ ।