काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई आईजीपी नियुक्त गरेको हो । खापुङ प्रहरीको ३२औँ आईजीपी बन्न सफल भएका छन् ।