डोटी । मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल)का अध्यक्ष भक्तराज जोशीले आफ्नो जन्मोत्सवमा विद्यार्थीहरूलाई शैक्षिक, खेलकुद सामग्री र विद्यालयलाई ल्यापटप सहयोग गरेका छन् ।
बिहिवार परेको ५१ औँ जन्मोत्सवको अवसरमा डोटीको दिपायल सिलगढी नगरपालिका-७, उडितोलामा रहेको अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक, खेलकुद सामग्री र विद्यालयलाई ल्यापटप सहयोग गरेका हुन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले उनले आफ्नो जन्मोत्सवमा अभ्यास पुस्तिका ३ सय थान, औजार बक्स १ सय ५० थान, डट पेन १ सय ६० थान भलिबल नेट एक सेट र ल्यापटप एक थान विद्यालयलाई हस्तान्तरण गरेका थिए।
उनले विगतका वर्षहरूमा पनि आफ्नो जन्मोत्सवमा विद्यालयहरूमा शैक्षिक, खेलकुद सामग्री, अक्षय कोष स्थापना, बस सेवा सञ्चालन र प्रहरी कार्यालयहरूमा पनि सहयोग गर्दै आइरहेका छन्।