नयाँ दिल्ली, १२ फागुन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भमेलामा काम गर्ने मजदुरहरुको खुट्टा धोइदिएका छन्।
आइतबार भारतीय खानेपानी तथा सरसफाइ मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मोदीले दुई जना महिला र ३ जना पुरुष कामदारका खुट्टा धोइदिएका हुन्।
मोदीले ‘स्वच्छ कुम्भ स्वच्छ आभार’ कार्यक्रममा सरसफाइ कर्मचारीलाई सम्मान गरेका छन्। मोदीले खुट्टा धोइदिएपछि पुछे र ढोगिदिए। साथै खादा ओडाएर सम्मान गरे।
भारतीय जनता पार्टीले प्रधानमन्त्री मोदीले सफाइ कर्मचारीको खुट्टा धोएको भिडियो ट्वीट गरेको छ। भारतमा चुनावको मिति नजिकिएका बेला मोदीको नयाँ चुनावी अस्त्रका रुपमा यसलाई हेरिएको छ।
https://twitter.com/narendramodi/status/1099646962901622784