प्योङयाङ, १२ फागुन – उत्तर कोरियाका नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि रेलमार्गबाट भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। उनी स्थानीय समयअनुसार शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन्।
ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनाममा हुँदैछ। पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापुरमा भएको थियो। दोस्रो शिखर सम्मेलनका लागि किम प्रस्थान गरेको कुरा उत्तर कोरियाका सञ्चार माध्यमले पुष्टि गरेका छन्। किम आफ्नी बहिनी किम यो जङ र पूर्वजनरल किम योङ चोल तथा अन्य सहयोगीका साथ भियतनामतर्फ प्रस्थान गरेका हुन् ।
ट्रम्पले गएको सेप्टेम्बर महिनामा अमेरिकामा एक ¥यालीलाई सम्बोधन गर्दै किम र आफू प्रेममा परेको बताउदै किमले आफूलाई सुन्दर पत्र पठाएको समेत उल्लेख गरेका थिए। (बीबीसी)