काठमाडौँ, १२ फागुन– सत्तारूढ नेकपाले मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई अयोग्य प्रमाणित हुनबाट जोगाउन कसरत सुरु गरेको छ। संसदीय समितिबाट अस्वीकृत हुनुअघि नै नाम फिर्ता लिने तयारी नेकपाले गरेको हो।
अन्सारी नागरिकता, शैक्षिक प्रमाणपत्र र दलीय आबद्धताको विषयले विवादमा तानिएका छन्। संवैधानिक परिषद्को माघ ६ को बैठकले पाँचवटा आयोगमा अध्यक्ष सिफारिस गरेको थियो। संघीय संसदको सुनुवाइ समितिले प्रस्तावित दुई अध्यक्षको सुनुवाइ सकेको छ भने २ जनाको आइतबार हुँदै छ।
आइतबारको कार्यसूचीमा पनि अन्सारी छैनन्। समितिले उनीविरुद्धको उजुरीे छानबिन गरिरहेको छ। यस क्रममा उनी नेकपा केन्द्रीय सदस्य र प्रतिनिधिसभाको समानुपतिकतर्फनिर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा मुस्लिम पुरुष कोटामा पहिलो नम्बरको उम्मेदवार भएको पाइएको छ।
उनको नागरिकता र प्रशासनको रेकर्डमा दुई फरक जन्ममिति भेटिएका छन्। यिनै आधारमा समितिबाट अयोग्य घोषितहुन सक्ने देखिएपछि प्रधानमन्त्री अध्यक्षताको परिषद्ले सिफारिस सच्याउन लागेको स्रोतले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।