तेह्रथुम, ११ फागुन – हातले घरेलु तानमा बुनेका तेह्रथुमे ढाका कपडा युरोप निर्यात हुन थालेको छ। घरघरमा हाते तान राखेर तयार गरिएका ढाकाका कपडा स्तरीय र आकर्षण भएको भन्दै युरोपेली मुलुकबाट माग बढेपछि ढाका कपडाको निर्यात बढेको हो।
स्थानीय सीप र कच्चा पदार्थ प्रयोगबाट उत्पादित ढाका कपडाको युरोपेली मुलुकबाट माग आएपछि व्यवसायीहरु उत्साहित भएका छन्। उहाँ उत्पादित ढाकाका कपडा ‘तेह्रथुमे ढाका कपडा’का नामले परिचित छ।
बाहिर जिल्लाहरुबाट तेह्रथुम आइपुगेकाहरुले फर्किएर जाँदा आफन्त र साथीभाइलाई कोसेलीको रुपमा लिएर जाने र नेपालको प्रमुख सहर बजारमा मात्र किनबेच हुँदै आएको ढाकाको कपडा अब विदेशी बजारसम्म पुग्न थालेको हो। यो समाचार कान्तिपुर दैनिकले छापेको छ।