धनुषा, ११ फागुन – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सङ्घीय सरकारले प्रदेश र स्थानीय दुवै तहको सरकारको अधिकार खोसेको आरोप लगाएका छन्।
प्रदेशस्तरीय बैठकमा भाग लिन जनकपुरधाम पुगेका ठाकुरले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले कानून निर्माणदेखि विकास निर्माणसम्मका कुरामा एकलौटी निर्णय गरिरहेको जिकिर गरेका छन्।
‘सरकार बनाउन हामीले समर्थन गरेका थियौँ न कि त्यसको पछिपछि हिँड्ने भनेर, राजपाको जारी प्रदेशस्तरीय बैठक सकिएपछि सङ्घीय सरकारविरुद्ध हामी कुन रुपमा अघि बढने बारे निर्णय लिनेछौँ, उनले भने।’
ठाकुरले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिने नलिने बारे पार्टीभित्र छलफल जारी रहेको र केही दिनमै निष्कर्षमा पुग्ने बताए । रासस