काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । लोकन्थलीस्थित बाँस्कोटाको घरमा आज बिहान शंकास्पद वस्तु फेला हो ।
घरको कम्पाउण्डमा प्रेसरकुकर बम जस्तो वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ । काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बाँस्कोटा भने लोकन्थलीको घरमा छैनन् ।
उनी काभ्रेकै घरमा छन् । शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली मगाइएको छ ।