काठमाडौँ । नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालबीच शनिबार भेटवार्ता भएको छ ।
भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिए ।भेटमा चुनावको सामान्य समीक्षा भएको जनाइएको छ ।
साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकरात्मक छलफल भएको उप सभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।