पोखरा । स्याङजा २ मा मतगणना नसकिँदै नेपाली कांग्रेसका धनराज गुरुङको जित निश्चित भएको छ।
६४ हजार ९५४ मत गणना सकिएको छ। गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै भएपछि धनराजको जित निश्चित भएको हो।
नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले हालसम्म २९ हजार ५६६ मत पाएका छन्। नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत पाएकी छन्। गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७४ रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७५६ मत पाएका छन्। अब ५ हजार २१७ मत गणना हुन बाँकी छ। यो क्षेत्रमा ७० हजार १९१ मत खसेको थियो।