काठमाडौँ । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ।
नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आज सनिवार हुने साधारण सभामा सहभागी हुन शुक्रबार सर्लाही पुगेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठाभित्रै मृत अवस्थामा भेटिएका हुन् ।
सर्लाहीको लालबन्दीदेखि आट किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण निधन भएको हो ।