धनगढी । धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी चेतना साउँदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रवार (आज) शव बुझिएको हो।
चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको उनले बताए। यसैबिच प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।