काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट भएको छ ।
भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रियसभा गृह आएका हुन् ।भेटमा मेयर बालेनले काठमाडौं मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए ।
सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो ।त्यस क्रममा राजदूत थम्पसनले काठमाडौंसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरूसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए ।