काठमाडौँ । दोलखाका १० वटा मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको छ।यसअघि मंसिर ४ गते भएको चुनावमा धाँधली गरेको भन्दै निर्वाचन आयोगले बिहीबार (आज) पुनः मतदान गरेको हो।
निर्वाचन आयोगका अनुसार पुनः मतदान भएका स्थानमा ५० प्रतिशतभन्दा पनि कम मत खसेको छ। पुनः मतदान भएका स्थानमा ८ हजार ५६५ मतदाता रहेकोमा ४ हजार २४७ मत मात्रै खसेको छ।
बिहीबार पुनः मतदान भएका वडाहरु बैतेश्वर–२ मा ९५५, बैतेश्वर–३ मा १२३८, बैतेश्वर–६ मा १२३४ र तामाकोशी–३ मा ८३० मत मात्रै खसेको छ।