काठमाडौँ । काठमाडौँको बागबजार तनावग्रस्त भएको छ । त्यहाँका व्यपारीहरु पार्किङको माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।

एक साइटमा राखिएको पार्किङ पनि काठमाडौँ महानगरपालिकाले बन्द गरेपछि स्थानीय व्यापारी त्यसको विरोधमा उत्रिएका हुन् ।

उनीहरू अहिले आफ्ना व्यापार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले पार्किङको व्यवस्था नभएसम्मको लागि आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।
