बाजुरा । बाजुरामा दिउँसो साढे ३ बजेदेखि मतगणना हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः गर्न बुधबार निर्णय गरेपछि बिहीबार बिहान सर्वदलीय बैठक बसेको थियो ।
नेकपा एमालेले चेतन अयडीका हत्यारा पक्राउ गर्नुपर्ने र ऐडीको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ । बाजुराको त्रिवेणी–७ को मतदान स्थलमा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो।
वडाध्यक्ष पक्राउ
बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडि पक्राउ परेका छन् ।
चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्ष सहित २२ जना विरुद्ध किटानी जाहेरी गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाका अनुसार चेतन मृत्यु प्रकरणमा किटानी जाहेरी भएपछि वडा अध्यक्षलाई पक्राउ गरेको बताए । पक्राउ पछि अनुसन्धान भइरहेको थापाले बताए ।