काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड २ लाख १३ हजार ५५४ मत गणना भएको छ ।
बिहीवार बिहान ९ बजे सम्मको मतगणनामा नेकपा एमालेले २७ लाख २६ हजार ३०३ मतका साथ अग्रता कायमै राखेको छ ।नेपाली कांग्रेस २५ लाख ९३ हजार ७४२ मतसहित दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १९४ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३७१ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ७३९ मत पाएको छ ।
समानुपातिकमा जनता समाजवादी पार्टीले ४ लाख ११ हजार ८५६ मत र जनमत पार्टीले ३ लाख ८१ हजार २४४ मत पाएको छ ।
नेकपा एकीकृत समाजवादीले २ लाख ९२ हजार ८२ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ७०५ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६० हजार १०३ मत पाएको छ ।