काठमाडौं । मौसम विभागले अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ। दैनिक मौसमी बुलेटिन सार्वजनिक गर्दै मौसम पूर्वानुमान महाशाखाले यस्तो बताएको हो।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
राति पनि प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।