काठमाडौं, १० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तरकुमार ओलीको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
ओलीले नेकपाका एकजना होनाहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती पुगेकोे उल्लेख गरे। प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरे।
विसं २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नम्बर–३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट उनी विजयी भएका थिए।
केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ३७ वर्षीय ओलीको उमेरमा आज बिहान निधन भएको हो। उनको पार्थिव शरीरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।