काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरीको ४ नम्बर निर्वाचन क्षेत्रमा मतगणना सञ्चालन गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
विवादका कारण मतगणना कार्य रोकिएको छ ।आयोगका प्रवक्ता शालिगराम शर्मा पौडेलले गणनामा देखिएको समस्या समाधान गरेर गणना सञ्चालन गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिए ।