काठमाडौं । प्रतिनिधिसभातर्फ सुनसरी ४ को मतगणना अझै सुरु हुन सकेको छैन्। सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि शनिबारदेखि गणना रोकिएको हो।
कार्कीले मतगणनामा एमालेले धाँधली गरेको आरोप लगाएका छन्। आयोगकै मिलेमतोमा ६ मत एमाले उम्मेदवारको पक्षमा जोडेको आरोप लगाउँदै उनले पुनः मतगणनाको मागसहित निवेदन दिएका छन्।
कार्कीले २३ हजार ४३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार ३४१ मत पाएका छन्। कार्की कुसियतभन्दा ९८ मत अगाडि छन्। यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारबीच सहमति जुटाएर गणना सुरु गराउन पहल भइरहेको जनाएको छ। सुनसरी ४ मा ८१ हजार दुई सय ३३ मत खसेको छ।