काठमाडाैँ ।निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ९३ लाख २१ हजार ५५३ मत गणना सकिएको जनाएको छ ।
सोमबार दिउसो १ बजेको विवरणअनुसार नेकपा एमालेले २५ लाख ३८ हजार ३४१ मत पाएको पहिलो स्थान कायमै राखेको छ भने कांग्रेसले २४ लाख २ हजार ९८८ मत पाएर एमालेलाई पछ्याइरहेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको माओवादीले १० लाख ६६ हजार ६४१ मत प्राप्त गरेकको छ । माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २५२ मत प्राप्त गरेको छ ।
