जनकपुरधाम । मधेस प्रदेश सरकारले रामजानकी विवाह पञ्चमीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले आइतबार एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सोमबार प्रदेशभरि सार्वजनिक बिदा रहेको घोषणा गरेका छन् ।
त्रेता युगमा भागवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिरको शुक्ल पक्षमा जनकपुरधाममा विवाह पञ्चमी मनाइने चलन छ । सप्ताहव्यापी मनाइने उक्त महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयंवर सोमबार भएकाले प्रदेश सरकारले सो अवसरमा बिदा दिएको हो ।
