काठमाडौं। जारी मतगणनामा प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले अग्रता लिइरहेको हो।
यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ५ स्थानमा जितिसकेको छ भने ४६ स्थानमा अग्रता छ।
एमालेले एक स्थानमा जित्दा ४० स्थानमा अग्रता लिएको छ।
माओवादीले १३ स्थानमा अग्रता लिँदा पहिलोपटक चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२ स्थानमा अघि छ।
नेकपा एकीकृत समाजवादी (एस) ७, राप्रपा ५ स्थानमा अघि छ।
नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा विजयी हुँदा ३ स्थानमा अग्रता लिइरहेको छ।
समानुपातिकमा को अगाडि ?
एमाले– ८४८१५
कांग्रेस– ७१५२५
रास्वपा– ३६१०९
माओवादी– ३२७२५
राप्रपा– २००५४
जसपा– ६०३६
जनमत पार्टी– ५६५५
नेपाल मजदुर किसान पार्टी– ४५०७
नागरिक उन्मुक्ति पाटी– ३७७६
नेकपा एस– ३७४५
अन्य– १५४००