काठमाडौं। कैलाली–३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।
चुनावमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको यो पहिलो जित हो।
कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी गठबन्धन र एमालेलाई हराउँदै निर्वाचित भएका छन्।
उनले २३१२० मत ल्याउँदा गठबन्धनबाट माओवादीका कुन्दन चौधरीले१७७४९ मत ल्याए।
तेस्रो स्थानमा रहेको एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाए। राप्रपाका विरेन्द्र बमले ७०४७ मत ल्याए।
कैलाली–३ मा ६३४४० मत खसेकोमा ५९७१९ सदर र ४०२१ ब्दर भएको थियो।