डडेल्धुरा । प्रतिनिधि सभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा १२ हजार ८६१ मत गणना सकिएको छ।
जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ६ हजार ३९९ मत पाएका छन्।
जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन हजार २७५ मत ल्याएका छन्। प्रतिनिधि सभा सदस्यका काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले एक हजार ८२५ मत पाएका छन्। ६५६ मत बदर भएका छन् ।