काठमाडौँ, ९ फागुन – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा सजिएका छन्।
पूर्वप्रधानमन्त्री डा.भट्टाराईले ट्विटरमा लेखेका छन्, ‘देश अनुसारको भेष, जीवनमा पहिलोपटक दौरा-सुरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो।’
प्रदेश नम्बर १ को चिवाभञ्याङदेखि सुरु गरिएको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ को क्रममा कर्णाली प्रदेश पुगेका डा.भट्टराईले जीवनमै पहिलोपटक दौरा-सुरुवाल लगाएका छन्। खस बाहुल्य कर्णाली प्रदेशको पोशाक भएकाले आफूले त्यहाँ पुग्दा त्यहीँको पोशाक रोजेको भट्टाराईको भनाई छ।
उनी ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी सम्हाल्दासमेत डा. भट्टराई उक्त पोशाक लगाएका थिएनन् ।