काठमाडौँ, ९ फागुन – एकै सदनका सांसदहरुबीच विभेद भएको भन्दै प्रतिनिधिसभाका सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावली च्यातेका छन्।
निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपौयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको भन्दै आपत्ति जनाएका हुन्। कांग्रेस सांसद उमा रेग्मीले उत्त साझेदारी कार्यक्रमको नियमावली संसदमै च्यातेकी हुन्।
निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष निवार्चित सांसदलाई एकै खादको प्रमाणपत्र दिए पनि सरकारले नियमावलीमार्फत समानुपातिक सांसदलाई विभेद गरेको रेग्मीको आरोप छ। यो समाचार राजधानी दैनिकमा छ।