बारा। भारतीय प्रहरीको कुटाइबाट एक नेपाली युवा घाइते भएका छन्।
चप्पल किन्न भारतीय बजार आदापुर जाँदै गरेको कलैया उपमहानगरपालिका–१० मटिअर्वाका १६ वर्षीय भुलन ठाकुर घाइते भएको मटिअर्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जितेन्द्र झाले जानकारी दिए।
घाइतेको शरीरमा गम्भीर चोट रहेको स्थानीयले बताएका छन्। घाइतेलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ।
ठाकुर घाइते भएपछि घाइतेका आफन्त र स्थानीयले दोषी भारतीय सीमा सुरक्षा बलका जवानमाथि कारबाहीको माग गर्दै मटिअर्वाको सीमा नाकामा रहेको मुलगेट बन्द गरेर प्रदर्शन गरेका छन्।
समस्या समाधान गर्न सीमा सुरक्षा बल नेपालका सुरक्षा बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी नायव निरीक्षक ध्रुव खड्का र भारतीय सीमा सुरक्षा बलबीच घाइतेलाई उपचार गराउने सहमति भएको थियो।