वीरगञ्ज, ८ माघ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालालाई कारवाही गर्ने चेतावनी दिएका छन्।
पर्सा जिल्ला पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्दै सभापति देउवाले नेता शेखर कोइरालालाई कारवाही गर्ने चेतावनी दिएका हुन्।
‘यस्तै हो भने कारवाही गर्छु,’ उनले भने, ‘कांग्रेस पार्टी कोइराला परिवारको बपौती होइन, उनी (शेखर कोइराला) कहिले जेल गए, के योगदान छ पार्टीमा? कोइराला भन्ने बित्तिकै हुन्छ?’
केन्द्रीय कार्य समितिको बैठक स्थगित गरेर पूर्वसांसद अनिल रुगुटाले सञ्चालनमा ल्याएको होटल उद्घाटन गर्न देउवा वीरगञ्ज आएका हुन्।