काठमाडौँ, ८ फागुन – भ्रष्टाचारको बिरुद्धमा उत्रेका विवेकशील साझा पार्टीका ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका प्रदेश ३ संयोजक समीक्षा बास्कोटालगायत ३० जना कार्यकर्ताहरुलार्इ प्रहरीले पक्राउ गरेको पवक्ता सूर्यराज आचार्यले जानकारी दिएका छन्।
प्रदेश ३ को भ्रष्टाचार विरोधी अभियानअन्तर्गत ‘साना मात्र होइन, ठूला माछा पनि समाऊ’ भन्ने नारासहित प्रदर्शन गरिएको थियाे।विवेकशील साझा पार्टीले शान्तिपूर्ण तवरले आफ्ना कार्यकर्ता बिरोधमा उत्रेको भन्दै प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ।
बिरोधमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताले ‘सरकारको अधिनायकवादी चरित्र देखिंदैछ , जनता बस्छन् धुलोमा, आगो छैन चुलोमा घुल लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं, जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।